गृहपृष्ठ कांग्रेस नेताले भने- राजधानी सार्ने षडयन्त्रविरुद्ध एकजुट हुन्छौं
कांग्रेस नेताले भने- राजधानी सार्ने षडयन्त्रविरुद्ध एकजुट हुन्छौं
नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई नै प्रदेश-५ को स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिएको छ । षडयन्त्रपूर्वक प्रदेशको राजधानी सार्न लागिएको भन्दै कांग्रेस रूपन्देहीले त्यसकाविरूद्ध एकजुट भई संघर्ष गर्ने उसले बताएको छ ।
बिहीबार बुटवलमा आयोजना गरिएको वृहत प्रर्दशन र विरोध सभामा नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँणले राजधानी सार्ने जो कोही पनि सधैँको लागि पतन भएर जाने बताए । उनले कुनै पनि तागतले अहिले कायम रहेको राजधानी सार्न नसक्ने भन्दै नेपाली कांग्रेस एक ढिक्का भएर लाग्ने बताए ।
‘मुख्यमन्त्री र मन्त्रीहरुको झण्डा हल्लाउन राजधानी बुटवल मागेका होईन,’ खाँडले भने । आफूहरूले प्रदेश-५ लाई नेपालकै उत्कृष्ट प्रदेश बनाउन लागेको उनले बताए । प्रदेशको राजधानी तोक्न विलम्ब गर्न नहुनेमा उनको जोड थियो ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन कांग्रेस नेता गिरीजा प्रसाद कोईराला, सुशील कोइरालाको मुख्य योगदान रहेको खाँडको दावी थियो । विकासका लागि सरकारले गतिशिल भूमिका खेल्न नसकेको उनले टिप्पणी गरे ।
कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकारले विकास भन्दा भष्ट्राचार बढी गरेको अरोप लगाए । उनले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न नसक्नु कम्युनिस्ट शासनको पराकाष्टा भएको टिप्पणी गरे । समान्वादको नाममा नेपालमामा कम्युनिस्ट शासन लाद्न खोजेको उनले आरोप लगाए । भण्डारीले रुपन्देहीको बुटवल नै प्रदेशको स्थायी राजधानी भएको बताए ।
प्रकाशित समय १७:१७ बजे
















