गृहपृष्ठ कार्यदलसहित बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

कार्यदलसहित बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार बसेको सचिवालय बैठक टुंगिएको छ । तल्लो तहको पार्टी एकता टुंग्याउँन बसेको भनिएको उक्त बैठक बिना निष्कर्ष टुंगिएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का अनुसार तल्ला तहको पार्टी उकता टुंग्याउने जिम्मेवारी पाएको कार्यादलले बुझाएको प्रतिवेदनका विषयमा बैठकमा छलफल भएको थियो ।

बैठक सकिएलगत्तै प्रवक्ता श्रेष्ठले पत्रकारहरूमाझ कार्यदलले बुझाएको प्रतिवेदनका सम्बन्धमा बैठकमा छलफल भएको र सचिवालयको अर्को बैठकमा उक्त कार्यदलका सबै सदस्यसहित छलफल गर्ने निर्णय भएको जानकारी दिए ।

सोमबारको बैठकले बिहीबार विहान ९ बजेका लागि कार्यदलहा सदस्यसहित सचिवालय बैठक बस्ने निर्णय गरेको उनले जानकारी दिए ।

प्रकाशित समय १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु