गृहपृष्ठ नेकपाले २९ सिट जित्दा र कांग्रेसले १२ सिट मात्रै
नेकपाले २९ सिट जित्दा र कांग्रेसले १२ सिट मात्रै
तीनै तहका ५२ स्थानमा भएको उपनिर्वाचनमा ५० स्थानको मतगणना सार्वजनिक भइसकेको छ ।
५० स्थानको मत परिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पहिलो र नेपाली कांग्रेस दोस्रो स्थानमा छन् । नेकपाले २९ सिट जितेको छ भने कांग्रेसले १२ सिट मात्र जित्न सफल भएको छ । बाँकी सिटहरुमा साना दल निर्वाचित भएका छन् ।
एकमात्र प्रतिनिधिसभा कास्की २ मा नेकपाकी विद्या भट्राई विजयी भइन् । प्रदेश सभाका ३ सिटमध्ये भक्तपुर १ (क) कांग्रेस, दाङ ३ (ख)मा नेकपा र बागलुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाले जित हासिल गरेको छ ।
मतगणना भइरहेको धरान उपहानगरपालिकामा नेकपा मतगणनामा सुरुदेखि नै पछि छ । करिब १० हजार मत गन्न बाँकी रहँदा नेकपा एक हजार मतले पछि परेको छ । धरानको वडा नम्बर ७ पनि यसअघि नेकपाले नै जितेको थियो ।
प्रकाशित समय १०:१३ बजे
















