गृहपृष्ठ पोखराको रत्नचोकमा गण्डकी विकास बैंकको शाखा
पोखराको रत्नचोकमा गण्डकी विकास बैंकको शाखा
पोखरा-गण्डकी विकासले पोखरा स्थित रत्नचोकमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको एक समारोहका बिच प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरे ।
समारेहमा मुख्यमन्त्री गुरुङ्गले अहिलेको यात्रा समृद्घीको यात्रा रहेको र यसलाई पुरा गर्न बैक तथा वित्तीय संस्थाहरुबीच सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए । अहिलेको प्राथमिकता पर्यटन, उर्जा, कृषि र उद्योग व्यापार रहेको र बैंकहरुले पनि यी क्षेत्रहरुलाई प्राथमिकता दिएर अगाडी बढ्न सुझाव दिए ।
बैंकले उक्त शाखा कार्यालयबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे जनाएको छ । बैंकले आ.व. २०७४/७५ को तेश्रो त्रैयमासमा निक्षेप २० अर्ब ४३ करोड पुर्याएको छ । साथै बैकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणाधिन अवस्थामा रहेको जनाएको छ ।
प्रकाशित समय ०८:४७ बजे

















