गृहपृष्ठ प्रदेश १ का ग्रामीण क्षेत्रमा अब नवीकरणीय ऊर्जा

प्रदेश १ का ग्रामीण क्षेत्रमा अब नवीकरणीय ऊर्जा

प्रदेश १ का ग्रामीण क्षेत्रका लागि नवीकरणीय ऊर्जा कार्यक्रम सुरु गरिएको छ । शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले ऊर्जा कार्यक्रमको सुरुवात गरेका हुन् ।
जर्मन सरकारको सहयोगमा १ र ७ नम्बर प्रदेशमा एकसाथ उक्त कार्यक्रम लागू भएको हो । आधुनिक ऊर्जाका सेवामा पहुँच नभएका वा सीमित पहुँच भएका ग्रामीण क्षेत्रमा ऊर्जा पुर्याउने उद्देश्यले कार्यक्रम लागू गरिएको वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिए ।
कार्यक्रममा मुख्यमन्त्री राईले केन्द्र सरकारको निर्देशनबिना विदेशी निकायसँग प्रदेश र स्थानीय सरकारले कुनै पनि सम्झौता र सहयोग नलिने जानकारी गराए । अस्थिर सरकार भएका बेला विभिन्न दातृ निकायबाट विभिन्न पक्षले सहयोग लिँदै विभिन्न कार्यक्रम सञ्चालन गरेको स्मरण गर्दै उनले भने, ‘त्यो खासै फलदायी देखिएन र अब त्यस्तो हुँदैन ।’ सरकारले पाँच वर्षभित्र प्रदेशलाई लोडसेडिङमुक्त बनाउने लक्ष्य प्राप्तिका लागि यो कार्यक्रम फलदायी हुने मुख्यमन्त्री राईको भनाइ छ ।

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु