गृहपृष्ठ तयारी अवस्थामा रहन सुरक्षाकर्मीलार्इ निर्देशन

तयारी अवस्थामा रहन सुरक्षाकर्मीलार्इ निर्देशन

अविरल वर्षाका कारण तराईमधेशका जिल्लाहरु प्रभावित भईरहेको भन्दै प्रदेश दुईको सरकारले राहत तथा उद्धारका लागि तयारी अवस्थामा रह्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले सुरक्षाकर्मीलाई यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा प्रदेश दुईको तीन जिल्लाहरु सर्लाही, रौतहट र पर्सा बाढीबाट बढी प्रभावित हुने गरेको भन्दै त्यहाँ जनधनको क्षति हुन नदिनका लागि सुरक्षाका ४ वटै निकायलाई हाई अलर्ट रहन भनिएको छ । प्रदेश सरकार ८ हजार घरपरिवारलाई राहत पुग्ने तयारी गरेको आन्तरिक मामिला तथा कानून मन्त्री एवम् विपद् व्यवस्थापन समितिका संयोजक ज्ञानेन्द्र यादवले जानकारी दिए ।
अविरल वर्षाका कारण बाढी आउन सक्ने जोखिम बढेपछि प्रदेश सरकारले राहतका लागि चिउरा, भुजा, चाउचाउसहितका खाद्यान्न सामग्री तयारी अवस्थामा राखेको छ । यता लगातारको वर्षाबाट प्रभावित रौतहट जिल्लामा एक टोली विभिन्न स्थानको अवस्था बुझ्न निरीक्षण समेत गरेको छ । बैठकमा प्रदेश दुईका डिआईजी दिनेश अमात्य, सेनाका जर्नेल ईश्वर हमालसहितका सुरक्षा निकायका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित समय २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु