गृहपृष्ठ रंगेलीबाट डेढलाख रुपैयाँ बराबरको अबैध सामान बरामद

रंगेलीबाट डेढलाख रुपैयाँ बराबरको अबैध सामान बरामद

इलाका प्रहरी कार्यलय रंगेलीले गैर कानुनी रुपमा भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध सामान बरामद गरेको छ । नियमित गस्तिमा रहेको प्रहरी टोलिले बुधबार विहान अबैधरुपमा भन्सार छलि ल्याउँदै गरेको करिव एक लाख ५० हजार रुपैयाँ मुल्यबराबरको सामान बरामद गरेको पत्रकार सम्मेलन गरी जानकारि दिईएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीको गस्ती टोलीले विहानको समयमा साईकलमा हाली रंगेली बजार तर्फ ल्याउँदै गरेको खाद्यान्न, लत्ताकपडा डाईनिया,रंगेलीबाट सामान वरामद गरेको हो । बरामद गरिएको सामान प्रहरीले विराटनगर भन्सार कार्यालयलाई बुझाएइको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए ।

प्रकाशित समय १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु