गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

शनिबार बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा ८० प ११५३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले दुर्घटनामा घाइते दुई जनामध्ये उपचारका क्रममा महर्जनको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिए ।
दुर्घटनाबाट गम्भीर घाइते भएका शंखमूल बस्ने २२ वर्षीय रमन बस्नेतको सोही अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ ।
(रासस)
प्रकाशित समय १४:०१ बजे