गृहपृष्ठ विराटनगरमा यसरी मनाईयो भानु जयन्ती

विराटनगरमा यसरी मनाईयो भानु जयन्ती

bhanu3-newskarobar

आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्मजयन्ती विराटनगरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा भानु कला केन्द्रले शुक्रबार विहान प्रभातफेरीको आयोजना गर्याे । केन्द्रको कार्यालय सन्सारीमाई स्थान परिसरबाट निकालिएको प्रभातफेरीले ट्राफिक चोक, जनआन्दोलन चोकसहित मेनरोडको विभिन्न भागको परिक्रमा गरेको थियो ।

bhanu4-newskarobar

प्रभातफेरीमा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सहित नेपाल प्रहरीको ब्याण्ड, भानुमोरङ आधारभुत विद्यालयका विद्यार्थी र साहित्यकार तथा कलाकारहरुको सहभागिता थियो ।

आदिकविको जन्मजयन्तीको अवसरमा भानुकला केन्द्रले गएको २३ गतेदेखि २९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरेको थियो । सो अवसरमा स्रष्टा सम्मान, बहुभाषिक कवि गोष्ठी, समावेशी सांस्कृतिक कार्यक्रम र झाँकी सहितको ¥याली आयोजना गरिएको भानुकला केन्द्रका सहसचिव प्रचण्ड पौडेलले जानकारी दिए ।

कार्यक्रममा मन्त्री घिमिरेले आदिकविको जन्मजयन्तीमा सबै पक्षलाई समेटेर बृहत कार्यक्रम गरिनुपर्ने बताए । कार्यक्रमका अन्य वक्ताहरुले आदिकवि आचार्यले नेपाली भाषासंस्कृतिको उत्थानमा पुर्याएको योगदानका विषयमा चर्चा गरेका थिए ।

bhanu2-newskarobar

(फाेटाे : किशोरसंगम दियाली)

प्रकाशित समय १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु