गृहपृष्ठ संस्थागत भ्रष्टाचारले विकास प्रभावित : मुख्यमन्त्री गुरुङ
संस्थागत भ्रष्टाचारले विकास प्रभावित : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास निर्माण प्रभावित भएको बताएका छन् । जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभामा बोलदै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
‘भ्रष्टाचार बढेकै कारण बजेट कार्यान्वयमा चुनौती देखिएको छ,’ गुरुङले भने, ‘बजेट खर्च गर्ने राज्यको प्रक्रियामा ढिलाइ छ, संस्थागत भ्रष्टाचार बढ्न थालेको छ ।’ यसको अन्त्य नभएसम्म अपेक्षित विकास हुन नसक्ने उनको भानाई थियो ।
उनले जनप्रतिनिधिहरुमा पनि जनताको सेवामा भन्दा हाकिम र ठेकेदारसँगै मिलेमतोमा लाग्ने प्रवृत्ति बढेको गुनासो गरे । गुरुङले यसको लागि प्रभावकारी अनुगमनको आवश्यकता औल्याए । ‘उपभोक्ता समितिका भरमा मात्र योजना छोड्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘योजना सँगै जनप्रतिनिधिको कामकारबाहीलाई पनि अनुगमन गर्नुपर्छ ।’
(रासस)
प्रकाशित समय २०:४५ बजे