गृहपृष्ठ पञ्चदेवल विनायक–४ का वडा अध्यक्ष पक्राउ

पञ्चदेवल विनायक–४ का वडा अध्यक्ष पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सज्जनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । शुक्रबार पक्राउ परेका शाहीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको अछामका डिएसपी रुकेश तण्डुकारले बताए ।

वडा अध्यक्ष शाही गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । स्थानीय दुर्गा बोहरा, पबि बोहरा, धनबहादुर बोहरा, पदम माझीलगायतले सडक निर्माणमा आफ्नो जग्गा पर्ने भन्दै असहमतिजनाएपछि वडा अध्यक्ष शाहीले कुटपिट तथा गाली गलौज गरेको भन्दै पीडितले दिएका उजुरीका आधारमा शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

डोजरको जथाभावी प्रयोगले जिल्लाका विभिन्न वस्तीसमेत जोखिममा परी तीव्र भू–क्षय भईरहेका बेला वडा अध्यक्षलगायत जनप्रतिनिधिबाटै डोजर प्रयोगलाई बढावा दिने काम भइरहेको स्थानीयको आरोप छ । नगरपालिकाको ४० लाखको सहयोगमा कुज्जेडा – आलि–खुलालु (कालिकोट) जोडने सडक उपभोक्ता समिति मार्फत निर्माण भईरहेको छ ।

प्रकाशित समय ०९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु