गृहपृष्ठ १५ सय ग्रामसम्म सुन उद्योगले सिधै खरिद गर्न पाउने
१५ सय ग्रामसम्म सुन उद्योगले सिधै खरिद गर्न पाउने
अब कुनै पनि उद्योगले १ हजार ५०० ग्रामसम्म खानयोग्य सुन सोझै बैंकमार्फत खरिद गर्न सक्ने भएका छन् । राष्ट्र बैंकले ‘सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८’ संशोधन गर्दै ‘क’ वर्गका बैंकहरुलाई परिपत्र समेत जारी गरेको छ । अब उद्योग विभागको स्वीकृत स्किमभित्र परेका कुनै पनि उद्योगले औधोगिक प्रयोजनका लागि सोझै बैक मार्फत खानयोग्य सुन आयात गर्न सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
उद्योगले त्यस्तो सुन मिश्रण गरी तयार गरिने उत्पादनमा सम्बन्धित अन्तःशुल्क कार्यालयको प्रत्यक्ष अनुगमन रहने शर्तमा परीक्षणको रुपमा त्यस्तो उद्योगलाई बार्षिक अधिकतम १५०० ग्रामसम्म खानयोग्य सुन आयात गर्न पाउने राष्ट्र बैंकका अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार आयात गर्ने उद्योग स्वीकृत स्किमभित्र परेको व्यहोरा खुलेको कागजात हुनेपर्ने व्यवस्था गरिएको छ ।
प्रकाशित समय १०:२२ बजे