गृहपृष्ठ तिहारलगतै प्रदेश १ को मन्त्रिमण्डल विस्तार हुने
तिहारलगतै प्रदेश १ को मन्त्रिमण्डल विस्तार हुने
प्रदेश एकका मुुख्यमन्त्री शेरधन राईले तिहार लगत्तै मन्त्रिमण्डल विस्तार हुुने बताएका छन् ।
विराटनगरमा शुक्रबार सञ्चारकर्मीसँग कुुरा गर्दै उनले तिहारपछि मन्त्रिमण्डल विस्तार हुने बताएका हुन् । करिव दुुई वर्षअघि प्रदेश १ मा ५ सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । अब ११ सदस्यीय बनाइने बताइएको छ । मुुख्यमन्त्री राईले अब बस्ने हिउँदे अधिवेशनले प्रदेशको नामांकन समेत टुुंगो लगाउने बताए । प्रदेश एकको राजधानीको विषय टुंगो लागे जसरीनै दलहरुको सहमतिमा प्रदेशको नाम तय गर्ने उनको दावी छ ।
प्रतिपक्षी दलहरुसँग समन्वय गरी प्रदेशको नाम टुुंगो लाग्ने उनको भनाई थियो । मुुख्यमन्त्री राई प्रदेशको आर्थिक समृद्धिका लागि प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको जानकारी दिए ।
प्रकाशित समय ०७:३४ बजे
















