गृहपृष्ठ मेचे समुदायका बालबालिका पढ्ने विद्यालयलाई कम्प्युटर सहयोग

मेचे समुदायका बालबालिका पढ्ने विद्यालयलाई कम्प्युटर सहयोग

फाइल तस्बिर

सीमान्तकृत मेचे जातिको बसोबास रहेको झापाको मेचीनगर नगरपालिका–११ को एक विद्यालयको लागि कम्प्युटर वितरण गरिएको छ ।

नगरपालिका ११ धाइजनस्थित भानु आधारभूत विद्यालयलाई सञ्जीवनी महिला विकास संस्थाले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।

शनिबार एक कार्यक्रममा विद्यालयलाई सञ्जीवनी संस्थाले प्रविधिका साधनहरु हस्तान्तरण गरेको हो ।

संस्थाकी अध्यक्ष रेणुका डाँगीले सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट प्राप्त रकमबाट विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको बताइन् ।

विसं २०२५ मा स्थापना भएको भानु आधारभूत विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी र केही शिक्षक मेचे समुदायकै रहेका प्रधानाध्यापक विष्णुकुमारी राउतले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा पहिलोपटक कम्प्युटर भित्रिएको छ । प्रदेशसभा सदस्य गोपाल बुढाथोकीले विद्यालयद्वारा निर्माण गरिएको स्वर्ण महोत्सव स्तम्भको अनावरण र प्रकाशित गरिएको स्वर्ण स्मारिकाको पनि विमोचन गरिएको छ । (रासस)

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु