गृहपृष्ठ धनुषा चेम्बर्सको अध्यक्षमा साह चयन

धनुषा चेम्बर्सको अध्यक्षमा साह चयन

chember-newskarobar

धनुषा चेम्बर्स अफ कमर्सको अध्यक्षमा विजयकुमार साह सर्वसम्मतिले चयन भएका छन् । जनकपुरधाममा आयोजित पहिलो साधारण सभाबाट साहको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरिएको हो ।

वरिष्ठ उपाध्यक्षमा सरोजकुमार मिश्र, उपाध्यक्षहरुमा हिरालाल पुर्वे, सलामत राइन, महासचिवमा कृष्णदेव साह, सचिवमा अनिलकुमार मिश्र, कोषाध्यक्षमा उमेशकुमार यादव र सहकोषाध्यक्षमा जानकीरमण झा चयन भएका छन् । एसोसिएट सदस्यमा हिरा भगत सदस्यहरुमा चेतन शर्मा, विनोद साह, बब्लु ठाकुर, शंकर साह, मो। साफी जानी, रामबाबु यादव, राजुकान्त कापड, मिथिलेशकुमार झा र शंकरप्रसाद साह छन् । जनकपुरका व्यापारी व्यवसायीहरुको हकहितका लागि संस्था खोलिएको हो ।

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु