गृहपृष्ठ पशुपतिका चार आयोजना

पशुपतिका चार आयोजना

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा पुनःनिर्माण एवं दर्शन मार्गमा ढुंगा बिच्छ्याउने कामका लागि चार वटा आयोजनाको बोलपत्र स्वीकृत भएको छ । पशुपति क्षेत्र विकास कोषको निर्णयबमोजिम दर्शन मार्गमा ढुंगा छाप्न धर्म एस निर्माण सेवा प्रा.लि.लाई छनोट गरिएको छ । यसका लागि तीन करोड ३९ लाख ५२ हजार बजेट स्वीकृत भएको छ ।

देवता घर (द्योछें) पुनःनिर्माणका लागि धर्म एस-गौरी गणेश जेभीको प्रस्ताव स्वीकृत भएको छ । देवता घर पुनःनिर्माणका लागि दुई करोड १५ लाख ३० हजार ४ सय ५ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

किराँतेश्वर सत्तल संरक्षण तथा पुनःनिर्माण गर्न प्रेरा÷गौरी गणेश जेभीलाई जिम्मेवारी दिइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । सत्तल संरक्षण तथा पुनःनिर्माणका लागि तीन करोड ९४ लाख ५० हजार ४ सय ५६ रुपैयाँ बजेट स्वीकृत गरिएको उनले जानकारी दिए ।

यसैगरी इँटापाखामा प्रस्तर फलक छाप्न सिएम-तुल्सी जेभीले ठेक्का पाएको छ । यसका लागि दुई करोड २४ लाख १५ हजार ६ सय ८६ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

निर्माण व्यवसायीले मूल्य अभिवृद्धि करसहित कबोल गरेको रकमका आधारमा ठेक्का दिइएको कोषले जनाएको छ ।

प्रकाशित समय १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु