गृहपृष्ठ भ्रष्टाचारका कारण मधेस पछाडि पर्याे : मन्त्री यादव

भ्रष्टाचारका कारण मधेस पछाडि पर्याे : मन्त्री यादव

रुख काटेर विमानस्थल बनाउँदा विकास होइन विनास हुन्छ

gyanendra-yadav-newskarobar

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले मधेसको विकास पछाडि पर्नुको मुख्य कारण भ्रष्टाचार भएको बताएका छन् ।

धनुषाको बटेश्वर गाउँपालिकामा हातेमालो नेपालले आयोजना गरेको हाम्रो बटेश्वर समृद्ध बटेश्वरसम्बन्धी अन्तरक्रिया तथा स्वास्थ्य शिविरमा बोल्दै मन्त्री यादवले तराई मधेसमा विकासका लागि आएको रकमको व्यापक हिनामिना हुने गरेकाले विकास हुन नसकिरहेकाले युवाहरु भ्रष्टाचार रोक्न अग्रसर हुनुपर्ने बताए ।

उनले भ्रष्टाचार नहोस् भन्ने उद्देश्यले प्रदेश सरकारले भ्रष्टाचार ऐन तथा नीति ल्याएको दावी गरे । विभेदरहित सरकार बनाउने अभियानका साथ प्रदेशले दलित, महिला, मुस्लिम, अल्पसंख्यकहरुलाई सम्मान गर्न राज्यका सम्पूर्ण निकायमा समावेशी समानुपातिकको आधारमा प्रतिनिधित्व गराउने उल्लेख गरे ।

शिक्षा विना विकास सम्भव नरहेको बताउँदै मन्त्री यादवले समग्र नेपालको शिक्षाको साक्षरता १२ प्रतिशत रहेको बेला मधेसको साक्षरता २५ प्रतिशत भएकामा अहिले नेपालको साक्षरता ६५ प्रतिशत रहँदा मधेसको साक्षरता ४९ प्रतिशतमा सीमित रहेको बताए । त्यसैले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान नै चलाएको उनको भनाई थियो ।

चुरे क्षेत्रको दोहन हुने गरी विकासको पूर्वाधार तयार गरिनु नहुने उनको भनाई थियो । मन्त्री यादवले पथलैयामा २४ लाख रुख काटेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको भन्दै यस्ता गतिविधिले मधेसको विकास नभई विनाश हुने बताए । तराईमा हरियाली चुरे नभए मरुभूमि हुने निश्चित रहेकाले विकासका लागि दीर्घकालीन योजना र तथ्यांकका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित समय १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु