गृहपृष्ठ बागुलङमा जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु, ३ घाइते, १ बेपत्ता

बागुलङमा जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु, ३ घाइते, १ बेपत्ता

गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नम्बरको जिप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा मंगलबार बिहान जीप दुर्घटना भएको हो ।

जिपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तीबाङ पठाइएको छ । एक जना भने खोलाले बगाएर बेपत्ता भएका छन् । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

इस्मा गाउँपालिका–४ साविकको दोहली गाविस–७ पैयापाटाबाट कार्की परिवार कुल पूजाका लागि बाग्लुङतर्फ जाँदै थिए । गाडीमा १४ जना सवार रहेको बताइएको छ । जिप सडकबाट ३ सय मिटर तल बडिगाढ खोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु