गृहपृष्ठ मगर संघको अध्यक्षमा राजकुमार

मगर संघको अध्यक्षमा राजकुमार

nepal-magar-sangh

नेपाल मगर संघ प्रदेश नं ३ को प्रथम अधिवेशनले अध्यक्षमा काभ्रेपलाञ्चोकका राजकुमार थापामगरलाई निर्वाचित गरेको छ ।

‘मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण–संवद्र्धन मगरहरुको मूल मन्त्र, मगरात पहिचान र स्वायत्तः शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नाराका साथ मंगलबार सम्पन्न अधिवेशनबाट प्रथम उपाध्यक्षमा कृष्णराना मगर, उपाध्यक्षमा सुरेन्द्र थापामगर, महिला उपाध्यक्षमा मञ्जु थापामगर, मुख्यसचिवमा सबिन पुलामीमगर, सचिवहरुमा भगवान् रानामगर, मिलन थापामगर, किरण थापामगर र महिला सचिव गायत्री थापामगर, कोषाध्यक्षमा सीताराम थापामगर र सहकोषाध्यक्षमा शंकर थापामगर रहेका छन् ।

काभ्रेपलाञ्चोकको बनेपामा सोमबारदेखि शुरु भएको सो अधिवेशनले तीन जना पछि थप्ने गरी ४५ जनाको कार्यसमिति निर्वाचित गरेको छ ।
रासस

प्रकाशित समय २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु