गृहपृष्ठ जनता बैंकको भारतबाट रेमिट्यान्स सेवा सञ्चालन
जनता बैंकको भारतबाट रेमिट्यान्स सेवा सञ्चालन
जनता बैंक नेपालले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । ‘जनता रेमिट’ मार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउँदै आएको बैंकले भारतबाट पनि सेवा सुरु गरेको हो ।
एक्सिस बैंक, भारत र जनता बैंक नेपालबीच हालै भएको सम्झौताअनुसार अब भारतमा रहेका नेपालीले जनता रेमिटमार्फत सुलभ रुपमा आफ्नो कमाइ आफन्त वा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।
रेमिट्यान्स कारोबारका लागि एक्सिस बैंकको भारतमा रहेका ३५ सय शाखामार्फत जनता रेमिटमा पैसा पठाउन सकिने छ ।
एक्सिस बैंकबाट जनता रेमिटमार्फत पठाएको रकम देशभरि रहेका जनता बैंकका १ सय २६ शाखाका साथै करिब १७ हजार सम्सारा रेमिट, आईपे रेमिट, बुम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट पनि भुक्तानी लिन सकिनेछ ।
जनता रेमिट सेवा मलेसिया, कुवेत, कतार, ओमान र यूएईबाट पनि सुरु गर्न लागेको जनता बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनता बैंकले हाल १ सय २६ शाखा, ४० शाखारहित बैंकिङ, २ सीमित बैंकिङ एकाइ, २ एक्सटेन्सन काउन्टर र ७१ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित समय १८:५६ बजे

















