गृहपृष्ठ पाल्पामा १७ जना कुष्ठरोगी भेटिए

पाल्पामा १७ जना कुष्ठरोगी भेटिए

palpa_district-newskarobar

पाल्पामा १७ जना कुष्ठरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा अहिलेसम्म सात महिला र १० पुरुष गरी जम्मा १७ जनामा कुष्ठरोग फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका क्षय तथा कुष्ठरोग अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिए । 

यसरी फेला परेका १७ बिरामीमध्ये छ बिरामीले कुष्ठरोगको उपचार पूरा गरेको उनकाे भनाइ छ । समाजमा डर र लाजका कारण कुष्ठरोगी अझै पनि खुल्न नसकिरहेको अवस्था छ,  अधिकृत न्यौपानेले भने ‘जिल्लामा सरदर वर्षेनी १५ देखि २५ जनामा कुष्ठरोगको लक्षण देखिन्छ ।’ कुष्ठरोग लागेमा नियमित औषधि सेवन गरेपछि राेग निकाे हुने न्याैपानेले जनाए ।

(रासस)

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु