गृहपृष्ठ सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवाना गरिनुपर्ने

सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवाना गरिनुपर्ने

विद्यालय र सरकारी कार्यालय हाताभित्र सुर्तीजन्य पदार्थ प्रयोग गरे जरिवानासहितका कारबाही गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रणसम्बन्धी कानून विषयमा बिहीबार पूर्वी नवलपरासीस्थित नवलपुरको कावासोतीमा गरिएको छलफल कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।

जिल्लाका शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिले सुर्तीजन्य पदार्थको प्रयोगबारे बालबालिकालाई कसरी टाढा राख्न सकिन्छ भन्ने र कानूनी प्रावधानका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका नगर शिक्षा अधिकृत कृष्णचन्द्र पोख्रेलले विद्यालय र सरकारी कार्यालय हाताभित्र सुर्तीजन्य पदार्थ प्रयोग गर्न नपाइने प्रावधान रहेको भन्दै त्यसो गरेको पाइएमा १०० जरिवानासहितका कारबाही रहेको जानकारी दिए ।

उनले शैक्षिक संस्था अनुगमनका क्रममा क्यान्टिनमा जंक फुड बिक्री वितरण गर्न नपाइने जानकारी दिँदै १०० मिटरभित्र सुर्तीजन्य पदार्थको प्रयोग नपाउनेसमेत उल्लेख गरे ।

सोही कार्यक्रममा स्वास्थ्य पत्रकार महासंघका महासचिव रामप्रसाद न्यौपानेले कार्यक्रमको उद्देश्य यसको औचित्यबारे प्रष्ट पारेका थिए ।

(रासस)

प्रकाशित समय ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु