गृहपृष्ठ प्रदेश ५ को विशेषाधिकार समितिमा कमलराज श्रेष्ठ

प्रदेश ५ को विशेषाधिकार समितिमा कमलराज श्रेष्ठ

pv-5-newskarobar

 

प्रदेश ५ को विशेषधिकार समितिको सभापतिमा प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चयन भएका छन् ।

गुल्मीबाट प्रदेश सभामा निर्वाचित श्रेष्ठलाई सोमबार संसद सचिवालयमा बसेको विशेषाधिकारी समितिको सभापतिमा चयन गरेको हो ।

जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षतामा बसेको बैठकले उनलाई सभापतिमा चयन गरेको हो । सोमबारै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराएका छन् । समितिमा ११ जना प्रदेश सभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु