गृहपृष्ठ उद्योगीले भने- चर्को ब्याज र सरकारी कर नीतिले समस्या भो

उद्योगीले भने- चर्को ब्याज र सरकारी कर नीतिले समस्या भो

बैंकको चर्को ब्याज र तीनवटै सरकारले तोकेको मनपरी करले उद्योग व्यवसाय धराशयी हुने अवस्थामा पुगेको उद्योगी व्यवसायीले बताएका छन् । अहिलेकै जस्तो अवस्था कायम रहे सञ्चालनमा रहेका उद्योग बन्द हुने र नयाँ उद्योग स्थापना पनि नहुने उनीहरुले बताएका छन् ।

लुम्बिनी सञ्चार गृहको आयोजना र सिद्धार्थ उद्योग वाणिज्य संघको सहकार्यमा मंगलबार भैरहवामा सम्पन्न ‘उद्योगसँग सञ्चार’ विषयक अन्तक्र्रियामा सहभागी उद्योगी व्यवसायीले सरकारको कर नीतिको चर्को विरोध गरेका हुन् । उनीहरुले विदेशी मजदुरमाथि लगाइएको कर अविलम्ब खारेज गर्न माग गर्दै उक्त नीति खारेज नभए सीमा क्षेत्रमा सञ्चालित उद्योग धराशयी हुने बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य महेन्द्रकुमार श्रेष्ठले स्थानीय सरकार नहुँदा सबैले सहज महसुस गरेको तर स्थानीय सरकार बनेपछि चौतपर्mी कर आतंक मच्चिएको बताए । सरकारलाई कर नीतिमा सुधार गर्न सुझाव दिँदै उनले अहिलेको नीतिले मुलुक समृद्धिको बाटोमा जान नसक्ने तर्क गरे ।

अर्घाखाँची सिमेन्ट उद्योगका महाप्रबन्धक उद्धव कार्कीले सिमेन्टमा मुलुक आत्मनिर्भर हुनु खुसीको विषय भए पनि चुनढुंगाका विषयमा अनावश्यक भ्रम फैलाइएकाले भविष्यमा सिमेन्ट उद्योगमा समस्या आउन सक्ने बताए । त्यस्तै, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्योग व्यवसायलाई राज्यले प्रतिपक्ष जस्तै व्यवहार गरको आरोप लगाए । ‘सरकारले जथाभावी कर बढाएर सबैलाई आंतकित बनाएको छ,’ उनले भने । बैंक तथा वित्तीय संस्थाले मनपरी ब्याज बढाउँदासमेत सरकारले केही गर्न नसकेको उनले बताए ।

रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष श्रीकृष्ण पोखरेलले चर्काे ब्याजका कारण उद्योग सञ्चालन र स्थापना गर्न कठिनाइ भएको उल्लेख गर्दै यसतर्फ संघ र प्रदेश सरकारले उचित कदम चाल्नुपर्ने सुझाव दिए । लुम्बिनी इँटा व्यवसायीका अध्यक्ष थानेश्वर घिमिरेले यस क्षेत्रमा ५२ वटा इँटा उद्योग भए पनि आर्थिक अभावका कारण ६ वटा बन्द भइसकेको र सरकारको गलत नीतिका कारण सबै उद्योग बन्द हुने अवस्था सिर्जना भएको गुनासो गरे ।

रुपन्देहीका सांसद घनश्याम भुषालले चारैतिर कर बढेको भन्ने कुरामा धेरैमा भ्रम र हल्ला पmैलाइएको उल्लेख गरे । ‘केही ठाउँमा स्थानीय तहले कर बढाए पनि हल्ला भएझैं बढेको छैन,’ उनले भने । सांसद भुसालले यस क्षेत्रमा आवश्यक १ सय ३२ केभीए लाइन चाँडै नै आउने र सेज र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने दाबी गरे ।

प्रकाशित समय १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु