गृहपृष्ठ प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र बेलायती नियोगका प्रमुखबीच भेटवार्ता
प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र बेलायती नियोगका प्रमुखबीच भेटवार्ता
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग डिएफआईडीका एसिया क्षेत्रीय प्रमुख पिटर भबेल्सबीच भेटवार्ता सम्पन्न भएको छ ।
भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता र सहयोगका क्षेत्रबारे जानकारी लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । पोखरेलले प्रदेश सरकारले कानुन निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी गराएको उनको सचिवालयले न्युज कारोबारलाई बतायो ।
प्रकाशित समय २०:२२ बजे
















