गृहपृष्ठ सुर्खेत बसपार्क समयमै नबन्दा यात्रुदेखि व्यवसायीसम्मलार्इ सास्ती
सुर्खेत बसपार्क समयमै नबन्दा यात्रुदेखि व्यवसायीसम्मलार्इ सास्ती
बसपार्क निर्माणमा ठेकेदार र नगरपालिकाकाे चरम लापर्बाही
तिलागुफा नगरपालिका–३ कालीकोटका दीपबहादुर शाहीलाई पटक–पटक गाडिको यात्रा गरिरहनुपर्छ । कालीकोटका शाहीको घरपरिवार काठमाडौंमा पनी भएकोले उनी प्राय गाडिको यात्रा गरिरहन्छन् ।
पेशाले शिक्षक शाही समयमै कर्णालीको राजधानी सुर्खेत बसपार्क नबन्दा आफूले सास्ती पाएको सुनाउछन् ।
उनी भन्छन् ‘मेरो पुरानो घर कालीकोट भए पनि म काठमाडौंमा नै बस्ने गर्दछु । मलाई विशेषगरी चार्डपर्वको बेलामा गाडीको यात्रा गरिहनु पर्दछ । पन्ध्र महिनामै पूरा हुनुपर्ने काम दुईवर्षसम्म नबन्दा हामीहरुलाई शास्ती भएको छ ।’
सुर्खेत बसपार्क समयमै नबन्नुमा ठेकेदार तथा वीरेन्द्रनगर नगरपालिकाको नै कमजोरी रहेको शाही बताउछन् । उनी भन्छन्, ‘कम्तीमा पनि कामको जिम्मा पाएको ठेकेदार कम्पनी कामलाई समएमै पुरागर्ने कुरामा जिम्मेवार हुनुपथ्र्यो । ठेकेदारको कमजोरी पत्ता लगाएर वीरेन्द्रनगर नगरपालिकालेसमेत कार्बाहिको प्रक्रिया अगाडि बढाउन सक्थ्यो त्यो हुन सकेन ।’
सरोकारवाला निकायको कमजोरीकै कारण आज सर्वसाधारण जनताले दुःख पाईराखेको शाहीले गुनासो गरे । त्यस्तै भेरीगंगा नगरपालिका १० छिन्चुकी भावना विकलाई पनि प्रँयजसो छिन्चु वीरेन्द्रनगर गरिरहनु पर्छ । तर दुई वर्षदेखी कामचलाउ बसपार्कका कारण हैरान भएको उनको भनाई छ ।
उनी भन्छिन्, ‘वर्षामा हिलो र हिउँद तथा खडेरीमा धुलोका कारण यात्रुहरुलाई हैरान भएको छ । साँघुरो बसपार्क त्यसमा पनि चालक तथा सहचालकहरुले यात्रुको तानातान गर्नाले हैरानै बताएका छन् ।’
समयमै बसपार्क नबन्नुमा ठेकेदारको कमजोरी भएको भन्दै भावनाले यसमा प्रदेश सरकारले पनि चासो देखाउनुपर्ने बताइन् । समयमै बसपार्क नबन्दा यात्रुमात्रै होईन चालक र बसव्यवसायी पनि हैरान छन् ।
चालक केशबबहादुर खत्री भन्छन्, ‘समयमै बसपार्क नबन्नुमा कामको जिम्मा लिएको ठेकेदार कम्पनी भन्दा कामको जिम्मा दिने निकायको नै कमजोरी हो । समयमै काम नबनेपछि कार्बाही अघि बढाउन सक्नुपर्थ्याे ।’
साँघुरो बसपार्कका कारण बसपार्कमै कतिबेला दुर्घटना निम्तीने हो भन्ने चिन्ता भइरहने खत्रीले बताए । काँक्रेबिहार यातायात प्रालीका सहायक इन्चार्ज धर्मराज गिरी पनि साँघुरो बसपार्कका कारण व्ययावसायीहरुबीच द्वन्द्व सिर्जना गराएको छ । समयमै बसपार्क निर्माण गर्ने कुरामा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिनुपर्ने गीरीको भनाई छ ।
उता वीेरेन्द्रनगर नगरपालिकाका सिभिल इन्जिनियर विशाल अधिकारीले भने बसपार्क समयमै नबन्नु वीरेन्द्रनगर नगरपालिकाको कमजोरी नभई ठेकेदारको कमजोरी भएको बताउँछन् । उनी भन्छन्, ‘ठेकेदारको चरम लापर्बाही हो । पटक पटक हामीले ठेकेदारलाई सम्झाई बुझाई दुई महिनाभित्र काम सक्ने गरी तयारी गरेका छौं । अबको दुई महिनामा काम सम्पन्न हुन्छ ।’
६ करोड ८२ लाख ७५ हजार ८ सय ८७ रुपैयाँको लगानीमा निर्माण हुन लागेको सुर्खेत बसपार्क निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाईना नर्सिङ जेवीका ठेकेदार नरशिङ धामी भने सम्पर्कमा आएनन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत बसपार्क निर्माणका लागि ठेकेदार कम्पनीले २०७४ असार १४ गते ठेक्का सम्झौता गरी २०७४ कात्तिक १४ गते १५ महिनामा काम सक्नुपर्ने थियो ।
तर बसपार्क निर्माणका जिम्मा पाएको कम्पनीले अहिले सम्म पनी काम सम्पन्न गर्न सकेको छैन । वीरेन्द्रनगर नगरपालीकाका अनुसार ठेकेदार कम्पनीले ३ पटकसम्म म्याद थपीसकेको भए पनि अझै काम सम्पन्न भएको छैन ।
प्रकाशित समय १९:३३ बजे



















