गृहपृष्ठ राउटेको मनोरञ्जन मोह : मेलाको रेलमा लाग्यो लाइन
राउटेको मनोरञ्जन मोह : मेलाको रेलमा लाग्यो लाइन
राउटे समुदायका दीपक शाही कर्णाली प्रदेशको राजधानी सुर्खेतमा र्यालीसहित प्रस्तुतीका आए । २८ वर्षीय शाही नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्ले आयोजना गरेको कृषी तथा सांस्कृतिक महोत्सब २०७५ मा प्रस्तुती दिन आएका थिए ।
तर उनी मेलामा दिने प्रस्तुती भन्दा मेलामा खेलिने पिङ् र रेलतिर ध्यान मग्न भए ।
शाहीको मन रेल नखेली मानेन र रेल खेल्न गए । त्यो भन्दा पहिले कहिल्यै मेलामा त्यसरी रेल नखेलेका उनलाई एकदमै रमाइलो लाग्यो । २३ वर्षीय गाजली शाहीलाई पनी मेलामा रेल खेल्दा रमाईलो लाग्यो । उनीहरुमात्रै होईन राउटे समुदायका करिब ५० जना युवायुवती र बृद्धहरु रेल र पिङ्मा लाइन लागे ।
मेला आयोजकलाई उनीहरुको ईच्छा पुरा नगरी सुखै भएन । मेलामा राउटे समुदायकालाई आºनो प्रस्तुती देखाउनु भन्दा पनि पिङ् र रेल खेल्ने रन्को भयो । पछिल्लो समय राउटे समुदायका मानीसहरु मनोरञ्जन लिने कुरामा र खानपानमा परिवर्तन गर्ने गरेको पाईन्छ ।
विभिन्न समुदायको संस्कृती झल्काउन र बौद्ध श्रवण निर्माणका लागि आर्थिक संकलन गर्न मेलाको आयोजना गरिएको मेला प्रचारप्रसार समितीका संयोजक मिलन श्रेष्ठले बताए । मेलामा २ सय ५० स्टल छन् ।
टिकट दर करिब ३० देखी ५० रुपैयाँ प्रतिव्यक्ति रहने श्रेष्ठले जानकारी दिए । मेलामा विभिन्न जाती तथा समुदायको संस्कृती झल्कने सामाग्री तथा परिकारहरुको स्टलहरु राखिएको छ ।
कार्यक्रमका बोल्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले सबै जातजाती मिलेर कर्णालीको विकास गर्नु पर्ने बताए ।
‘कर्णाली प्रदेशमा सबै जाती भाषा र संस्कृतीका मानीसहरु मिलेर पर्यटन विकास गर्नुु जरुरी छ । त्यसका लागि सबै एकजुुट भएर अगाडि बढ्नु आवश्यक छ,’ मन्त्री बुढाले भने, ‘कर्णालीका थुप्रै पर्यटकीय स्थलहरुको विकास गर्न सके कर्णालीमा आर्थीक सम्वृद्धी आउँछ । पर्यटन विकासमा सकारले मात्रै प्रयास गरेर पुग्दैन त्यसमा निजी क्षेत्र तथा सरोकारवाला निकायहरु लाग्नु जरुरी छ ।’ कर्णाली सरकारले निती बनाउने र बजेट दिने कुरामा कुनै कन्जुस्याँई नगर्ने बुढाले बताए ।
सोही कार्यममा कर्णाली प्रदेशसभाकी उपसभामुख पुष्पा घर्ती मगरले राज्य सबै धर्मको अभिभावक भएको उल्लेख गर्दै धर्मका नाममा राज्य हुन नहुने बताइन् । मेला आगामी १५ गते सम्म सञ्चालन हुने छ ।
तस्बिर : सीता वली/न्युज काराेबार
प्रकाशित समय ०९:४० बजे





















