गृहपृष्ठ माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारबाट

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैटौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २ गतेदेखि ७ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा चल्ने प्रतियोगितामा २३ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता माछापुच्छ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुनेछ ।

राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन शर्माले स्वस्थ रहनका लागि खेलकुद अपरिहार्य रहेकाले माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीको खेलकुदप्रतिको रुचिलाई समेत मध्यजनर गर्दै प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए । ‘कर्पोरेट सुपर सिक्स टुर्नामेन्ट कर्पोरेट क्षेत्रको मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा अघि बढाउने तयारी भइरहेको छ,’ उनले भने ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले यामाहाको तर्फबाट एफजेड भी बाईक प्राप्त गर्नेछन् । प्रतियोगिता पाँच ओभरको हुनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेट किपरसहित सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा माछापुच्छ्रे बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवा विकास बैंक, प्राइम कमर्सियल बैंक, आईसीएफसी फाइनान्स, गोर्खा वित्त, एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास, नेपाल जीवन बिमालगायतका कर्पोरेट हाउसले सहभागिता जनाउनेछन् ।

प्रकाशित समय २१:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु