गृहपृष्ठ विराटनगरमा मंसिर १६ देखि कर्पोरेट फुटसल

विराटनगरमा मंसिर १६ देखि कर्पोरेट फुटसल

corporate-futsal-biratnagar-newskarobar

मंसिर १६ गतेदेखि विराटनगरमा कर्पोरेट फुटसल टुर्नामेन्ट हुने भएको छ । आयोजक द स्पोर्टस हबले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागर्दै सो बिषयमा जानकारी गराएको हो । प्रतियोगिता मंसिर २२ गतेसम्म चल्ने जनाइएको छ । आयोजक समितिका अध्यक्ष प्रज्ञान खनालले लिग अनुसार खेलाईने टुर्नामेन्टमा विभिन्न ६ वटा कर्मशियल बैंकहरुको सहभागिता रहने बताए ।

प्रतियोगिताको ग्रुप ए मा नबिल बैंक, सानिमा बैंक र सिटिजन बैंक रहेका छन् भने ग्रुप बी मा मेगा, जनता र नेपाल बैंक लिमिटेड रहनेछन् । विराटनगर–२ स्थित फुटसल मैदानमा खेलाइने खेलका विजेतालाई नगद ५० हजार र रनर अपलाई नगद ३० हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु