गृहपृष्ठ ‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक, स्वास्थ्य र दुर्घटना बिमा

‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक, स्वास्थ्य र दुर्घटना बिमा

citizens-bank-newskarobar

सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक गरेको छ । बैंकको मुख्य कार्यालय नारायणहिटी पथ दरबारमार्गमा आयोजित एक कार्यक्रमबीच बुधबार बैंकले ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो ।

योजनामार्फत ग्राहकले आकर्षक ब्याजका साथै बिमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् । एक सय रुपैयाँमै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीको तलब खाताका लागि फलदायी हुने बैंकको विश्वास छ । दैनिक मौज्दातमा वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्रदान गरिने यस योजनाबाट ग्राहकले स्वास्थ्य र दुर्घटना मृत्यु बिमाको लाभसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजनामा संलग्न हुने ग्राहकका लागि एक लाखसम्मको स्वास्थ्य बिमा (अस्पताल भर्ना खर्च) र सात लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बिमा गरिएको छ । औसत मौज्दात रकमको चार गुणासम्म रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने बैंकले जनाएको छ ।

प्रकाशित समय ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु