गृहपृष्ठ नेशनल लाईफ इन्स्योरेन्सले दिने भयो १३.५ प्रतिशत बोनस
नेशनल लाईफ इन्स्योरेन्सले दिने भयो १३.५ प्रतिशत बोनस
नेशनल लाईफ इन्स्योरेन्सको ३० औं बार्षिक साधारणसभाले साधारण सभाले चुक्ता पूंजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ८८ लाख २७ हजार नगद लाभश पारित गरेको छ ।
साधारणसभामा कम्पनी अध्यक्ष प्रेमा सिंहले आर्थिक वर्ष २०७३÷७४ मा कम्पनीले ५ अर्ब ६ करोड बीमा शुल्क संकलन गरेर १ अर्ब ६९ करोड दावी भुक्तानी गरेको बताइन् । उनले त्यस अबधिमा कम्पनीले ४१ करोड खुद मुनाफा आर्जन गरेको जानकारी दिइन् । त्यस अबधिमा कम्पनीको लगानी १९.४२ प्रतिशतले बृद्धि भई १६ अर्ब ९६ करोड पुगेको छ । कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २०.८० प्रतिशतले बृद्धि भई २०७४ असार मसान्तसम्ममा १७ अरब २९ करोड पुगेको उनले जानकारी दिइन् ।
अध्यक्षले गत साधारणसभावाट पारित निर्णयअनुसार ६० प्रतिशत हकप्रद शेयर जारी प्रक्रृया सम्पन्न भई समिक्षा वर्षको प्रस्तावित वोनस शेयर समेत गरी कूल चुक्ता पूँजी ३ अरबभन्दा बढी हुन जाने जानकारी गराइन् ।
प्रकाशित समय १८:४३ बजे

















