गृहपृष्ठ सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ६२ प्रतिशतले बढ्यो

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ६२ प्रतिशतले बढ्यो

सानिमा जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको ६ महिनामा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ६२.२८ प्रतिशत धेरै हो । गत वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद बिमाशुल्क पनि १ करोड ५५ लाख रुपैयाँले बढेर ८ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्षको पुस मसान्तसम्ममा ६ करोड ९९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुनर्बिमा कमिसनबापत ४ करोड ८७ लाख र लगानी, कर्जा तथा अन्यबाट ७९ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६३ करोड १३ लाख, बिमा कोषमा ७ करोड १४ लाख र महाविपत्ति कोषमा ७२ लाख २२ हजार रुपैयाँ सञ्चित छ ।

यो अवधिमा कम्पनीले ३६ हजार ५५० वटा बिमालेख जारी गरी २८ करोड ३५ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ । कम्पनीले ८५८ वटा दाबीबापत ७ करोड ९८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ हजार ३७० वटा दाबीबापत १७ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ५.९४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११४.१८ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १०२.४१ गुणा छ ।

प्रकाशित समय ०७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु