गृहपृष्ठ ओली संसदीय दलको नेता
ओली संसदीय दलको नेता
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । संसदीय दलको आज बसेको पहिलो बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको नेता एवं पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए । सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउन राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।
प्रकाशित समय १२:४२ बजे
















