गृहपृष्ठ नेकपा शीर्ष नेताको बैठकले टुंग्याउला एकता प्रकृया ?

नेकपा शीर्ष नेताको बैठकले टुंग्याउला एकता प्रकृया ?

nekapa sachibalaya newskarobar

एकता प्रकृया टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताको बैठक बस्ने भएको छ । एकता प्रकृया टुंग्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलको बैठक आइतबार बस्न लागेको हो ।

नेताहरुको भागबन्डा निमल्दा एकता प्रक्रिया लम्बिएको थियो । शीर्ष नेतहरुबीच शुक्रबार र शनिबार भएको छलफलपछि एकता प्रक्रिया टुंगो लगाउन शीर्ष नेता सहमत भएका थिए ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन बैसाख ९ गते एकता प्रक्रिया टुंगो लगाउने तयारी गरिएको छ । सोही अनुसार छलफल भइरेको नेकपा नेताहरुले बताएका छन् । तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष पुग्दा समेत एकता प्रक्रियाले पूर्णता पाएको छैन ।

 

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु