गृहपृष्ठ बाजुरामा एन आई सी एशियाको शाखारहित बैंकिग सेवा

बाजुरामा एन आई सी एशियाको शाखारहित बैंकिग सेवा

काठमाडौ- एन आई सी एशिया बैंक लिमिटेडले यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुराको गौमुल गाउँपालिकाको घटमुना बजारमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरेका हुन । शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा घटाल ब्रह्रादेव जनरल स्टोरलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, टेलिफोन, मोबाईल, एडिएसएल, डिस होमको महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।
बैकको मुलुकभर २१२ शाखा कार्यालय, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ७ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन । बैंकको वासलातको आकार १५९ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११० अर्ब र कुल निक्षेप करिब १३४ अर्ब रहेको पनि बैकले जनाएको छ ।

प्रकाशित समय ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु