गृहपृष्ठ सेयर बजार ४ अंकले गिरावट
सेयर बजार ४ अंकले गिरावट
काठमाडौं– बुधबार नेप्से परिसूचकमा ४ दशमलब ५५ अंकको गिरावट आएको छ । बुधबार परिसूचक १ हजार ३ सय २८ दशमलब २७ को बिन्दुमा पुगेको छ ।
बुधबार १ सय ६१ कम्पनीको २९ करोड ६३ लाख ७ हजार ९३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबारको बजारमा ५३ करोड ८ लाख ६९ हजार ३ सय ८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको १ करोड ८९ लाख ८७ हजार ८ सय २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर १ हजार ६ सय ५ रुपैयाँ पुगेको छ । त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलको १ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बुधबार माइक्रोफाइनान्स र अन्य समूह बाहेक अरु सबै समूहमा गिरावट आएको छ । माइक्रोफाइनान्स समूह ५ दशमलब ५७ अंकले बढेको छ भने अन्य समूह २ दशमलब ३२ अंकले बढेको छ । बुधबार बिमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । समूहमा २६ दशमलब ५७ अंकले गिरावट आएको छ ।
बुधबारको कारोबारमा मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँले बढेको छ । त्यस्तै, किसान माइक्रोफाइनान्सका लगानीकर्ताले प्रतिकित्ता १ सय ४० रुपैयाँ कमाएका छन् ।
यता पोखरा फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५ रुपैयाँ अर्थात् ९ दशमलब ८० अंकले घटेको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ४४ रुपैयाँ गुमाएका छन् ।
प्रकाशित समय ०८:२५ बजे

















