गृहपृष्ठ सरकारको कामप्रति नेपाल असन्तुष्ट, सोचेर निर्णय भएन

सरकारको कामप्रति नेपाल असन्तुष्ट, सोचेर निर्णय भएन

सांसदलाई करोडौं बजेट बाँड्नु हुँदैन

madhav_kumar_nepal_newskarobar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले सोचेर काम गर्न नसकेको बताएका छन् । शनिवार बाँकेमा पत्ररकासँग नेता नेपालले सरकारले सोचेर काम नगर्दा निर्णय विवादास्पद भएको बताएका हुन् ।

‘अहिले पत्रकारसँग जोडिएको प्रेस विधेयक विवादास्पद बन्न पुग्यो’ उनले भने, विवादास्पद ढंगबाट विधेयक ल्याउनु भन्दा राय सुझाव लिएर ल्याउनुपर्छ ।’ निर्णय गर्दा सोचरे गर्न नेता नेपालले सरकारलाई सुझाव दिए ।

‘सरकारले केही कामहरु भगरेको छ, त्रुटी पनि भएको छ’ उनले भने, कमी कमजोरी सुधारेर काम गर्नुपर्छ । नेता नेपालले जनअपेक्षा अनुसार बजेट ल्याउन पनि सरकारलाई सुझाव दिए ।

उनले सांसदलाई करोडौंको बजेट बाँड्न नहुने उनको भनाइ छ । नृता नेपालले सांसदलाई रकम बाँडिए ठूलो आर्थिक अनियमितता हुने बताए ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु