गृहपृष्ठ चितवनको मिलनचोकमा गरिमा विकास बैंकको शाखा स्थापना

चितवनको मिलनचोकमा गरिमा विकास बैंकको शाखा स्थापना

Garima-Bank-bharatpur-newskarobar

गरिमा विकास बैंकले चितवनको भरतपुर महानगरपालिका–२६, मिलनचोकमा शाखा कार्यालय स्थापना गरेको छ । शाखा कार्यालयको उद्घाटन आइतबार भरतपुर महानगरपालिका–२६ का अध्यक्ष ज्ञानप्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा गरे ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुँदै गइरहेको चितवनमा बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकबाट समेत सकारात्मक सहयोग प्राप्त भएकाले थप शाखा खोल्न प्रेरणा मिलेको बताए । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित समय ०८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु