गृहपृष्ठ लमजुङमा अलैचीका विरुवाको मूल्य निधारण
लमजुङमा अलैचीका विरुवाको मूल्य निधारण
फाइल तस्बिर
लमजुङ- अलैंची नर्सरी बिरुवा रोप्ने सिजन सुरु भएपछि लमजुङमा बिरुवाको मुल्य निर्धारण गरिएको छ । नेपाल अलैँची ब्यवसायी महासंघ लमजुङ शाखा, अलैंची नर्सरी धनी, अलैंची कृषकहरु, अलैंची ब्यवसायीहरु बिच बसेको बैठकले अलैंची नर्सरी विरुवाको मूल्य निर्धारण गरेको हो ।
यो बर्ष सबै जातका अलैंची नर्सरी विरुवाको मुल्य बराबर गरेको नेपाल अलैंची ब्यवसायी महासंघ लमजुङ, शाखाका अध्यक्ष अजय तामाङले बताए ।
उक्त बैठकले यस बर्ष अलैँचीको प्रति बिरुवा बुढो गाजको (पानाबाट छुटाएको) लाई ५ देखी र ३२ महिनाको अलैंची विरुवालाई ८ रुपैयामा विक्रि गर्ने निर्णय गरेको छ । गत बर्ष अलैँचीको गुणस्तर र जातका आधारमा मुल्य छुटाईएको थियो । जिल्लामा गत बर्ष ६० लाख भन्दा बढि अलैंची नर्सरी विरुवा उत्पादन भएको थियो । कृषकले विरुवा विक्रीबाट करिब २ करोड आम्दानी गरेका थिए । यस बर्ष उत्पादनमा कमी आएको छ । यस बर्ष २० लाख अलैंची नर्सरी विरुवा उत्पादन भएको नेपाल अलैंची ब्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ । जिल्लामा उत्पादन भएको अलैंचीको विरुवा जिल्ला बाहिरबाट समेत उच्च माग रहने गरेको छ ।
जिल्लामा रामसाई,गोलसाई , साउन्ने, जिङमले, डम्बरसाई प्रजातिका अलैंची नर्सरी विरुवा उत्पादन गरिएको छ । हाल जिल्लाको अधिकाश ठाउँमा अलैंची खेती गरिदै आएको छ । गत बर्षको तुलनामा यस बर्ष निकै कम आम्दानी हुने भएको छ । लमजुङमा ९ सय ८६ हेक्टर क्षेत्रफल जमिनमा अलैची खेती गरिदैँ आएको छ । जिल्लामा रामसाई,गोलसाई , साउन्ने, जिङमले, डम्बरसाई प्रजातिका अलैँची विरुवा लगाइएको थियो । जिल्लामा करिब ३५ हजार अर्लैची कृर्षकहरु रहेको बताइएको छ ।
प्रकाशित समय ०९:२२ बजे

















