गृहपृष्ठ अर्थमन्त्री भन्छन्- राजमार्ग सुधार्न पर्याप्त बजेट

अर्थमन्त्री भन्छन्- राजमार्ग सुधार्न पर्याप्त बजेट

yubaraj_khatiwoda फाइल तस्बिर

अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको दिइएको दाबी गरेका छन्।

रसुवाको धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव नहुने बताएका हुन् ।

बेत्रावती मैलुङ र धुञ्चेतर्फका दुवै राजमार्ग सुधार, स्याफ्रुवेशी, बेत्रावती शुरूङ मार्ग तथा चीनबाट रेल ल्याउनेजस्ता विषय सरकारको उच्च प्राथमिकतामा रहेकाले कार्यान्वयनमा सहयोग गर्न स्थानीयबासीलाई उनले आग्रह गरे।

कार्यक्रममा सहभागी जनप्रतिनिधिले धुञ्चे–गोसाइँकुण्ड केवुलकार निर्माणमा सहज वातावरण बनाई कार्यान्वयनमा लैजान, विकट स्थान रहेको आमाछोदिङ्मो गाउँपालिकालाई विकासको अनुदान बजेट थप गर्न, कालिका गाउँपालिकामा औद्योगिक ग्राम स्थापना, थुमनमा दृश्यावलोकन स्तम्भ निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जिल्ला समन्वय समितिको भूमिका स्पष्ट नहुँदा कहाँ कसरी समन्वय गर्ने स्पस्ट परिदिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा संविधानसभाका पूर्वसदस्य छोवाङ तेन्जीङ तामाङ, प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसमेतको सहभागिता रहेको थियो ।

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु