गृहपृष्ठ बुद्ध एयरको वाराणसीमा साताको दुर्इ उडान
बुद्ध एयरको वाराणसीमा साताको दुर्इ उडान
काठमाडौं– नेपालको अग्रणी विमानसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको ऐतिहसिक तथा धार्मिक नगरी वाराणसीमा आउँदो असार १५ गतदेखि साताको दुई उडान गर्ने भएको छ । हिमालय होटलमा आज आयोजित प्रेस कन्फ्रेन्समा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले दुई पौराणिक नगरी काठमाडौं र वाराणसीलाई नेपालको बुद्ध एयरले मात्रै हवाई उडानबाट जोडेको बताए । बुद्धले वाराणसीमा यसअघि मासिक दुई उडान भर्ने गरेको थियो ।
बुद्ध एयरले उडानसँगै नेपाली तथा भारतीय यात्रु/तिर्थालुहरुलाई भारी छुटमा पर्यटकीय तथा धार्मिक यात्रा प्याकेज पनि उपलब्ध गराउने जनाएको छ । प्रेस कन्फरेन्समा निर्देशक बस्नेतले नेपालगन्ज तथा भारतको नयाँदिल्ली उडानबारे पनि जानकारी गराएका थिए । यसका लागि कम्पनीले यही साताभित्रै मन्त्रालय तथा विभागहरुमा निवेदन बुझाउने जनाएको छ ।
बुद्ध एयरका रिसर्च तथा डेभलपमेन्ट विभागकी एक्जुकेटिभ अफिसर आस्था बस्नेतले कम्पनीको होलिडे प्याकेजबाट बुद्ध एयरलाई मात्र नभई सबै सरोकारवालालाई उत्तिकै फाइदा हुने बताइन् । प्याकेजबाट होटल, ट्रान्सर्पोटेसन, टुर गाइडलगायत अन्य सबैलाई फाइदा हुने उनले जानकारी गराइन् ।
भारतीय तथा विदेशी पर्यटकका लागि टेम्पल रन, टेल अफ टु भ्यालिज, टेम्पलस एन्ड टाइगर्स तथा मनकामना, जानकी, मुक्तिनाथ दर्शन तथा अन्य प्याकेज पनि छन् । यसैगरी, नेपाली यात्रुका लागि वाराणसी, सारनाथ, गया, बोधगया, इहालावाद, प्रयाग, अयोध्यालक्षित प्याकेज पनि रहेको उनले बताइन् ।
प्रकाशित समय १६:२२ बजे

















