गृहपृष्ठ असार ३ गतेदेखि एनसीसी बैंकको भिसा क्रेडिट कार्ड
असार ३ गतेदेखि एनसीसी बैंकको भिसा क्रेडिट कार्ड
एनसीसी बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड सुरु गर्ने भएको छ । असार ३ गतेबाट एनसीसी बैंकको भिसा क्रेडिट कार्ड सुरू हुने भएको हो ।
बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि एटिएम र पिओएस मेसिनमार्फत सामान वा सेवा लिन सकिने, इएमभिमा आधारित सुरक्षित कार्ड, यात्राका लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुविधा छ ।
एनसीसी बैंकको भिसा क्रेडिट कार्डको सुरुमा नै बैंकले असार महिनाभर नयाँ एसीसी उत्सव बचत खाता खोल्ने ग्राहकलाई पहिलो वर्ष निःशुल्क एनसीसी बैंकको भिसा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ ।
देशभर बैंकले १२० शाखा कार्यालय र ८१ वटा एटिएम मेशिनबाट सेवा प्रदान गरिरहेको छ । एनसीसी डेविड कार्ड, एनसीसी अस् ट्राभल भिसा कार्ड, एविविएस्, इन्टरनेट व्याकिङ, मोबाइल व्याकिङ, सी आस्वालगायतका माध्यमबाट समेत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । समयसापेक्ष सेवा थप गर्दै जाने योजना रहेको पनि बैंकले जनाएको छ ।
प्रकाशित समय २२:३६ बजे

















