गृहपृष्ठ सदनमा आर्थिक सर्वेक्षण पेस, चालू आवमा ५.५ प्रतिशत अार्थिक वृद्धिको अपेक्षा

सदनमा आर्थिक सर्वेक्षण पेस, चालू आवमा ५.५ प्रतिशत अार्थिक वृद्धिको अपेक्षा

khatiwada-newskarobar

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आव २०७४/७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आज सदनमा पेस गरेका छन् । अर्थमन्त्री डा. खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिए ।
उनका अनुसार चालू आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान गरिएको छ । उनले चालू आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा कृषि क्षेत्रको योगदान २७.६ र ७२.४ प्रतिशत रहेको पनि जानकारी दिए । चालू आवमा प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर हुने अनुमान गरिएको छ । उनका अनुसार पछिल्लो अनुमानअनुसार ६० लाखभन्दा बढी मानिस निरपेक्ष गरिबीको रेखामुनि रहेका र बहुआयामिक रुपमा ८० लाख मानिस गरिबीको रेखामुनि छन् ।
आन्तरिक बचत दर सुधारोन्मुख भएपनि यस वर्ष कुल गार्हस्थ्य उत्पादनको १५ प्रतिशतमा मात्र बचत हुन सकेको र लगानी सात प्रतिशत रहेको उल्लेख गर्दै अर्थमन्त्रीले बचत र लगानीको प्रतिशतप्रति सन्तोष व्यक्त गरे । वार्षिक बिन्दुगत मुद्रास्फीति दर ६ प्रतिशत रहेको र मूल्य चाप बढ्दै गएको सर्वेक्षणले देखाएको छ । राजस्वको वृद्धि सन्तोषप्रद भए पनि सरकारी खर्चमा भएको तीव्र गतिले गर्दा बजेट घाटा बढ्दै गएको छ । आव २०७२/७३ मा नाफा गर्ने संस्थानको संख्या २३ रहेकामा चालू आवमा २६ वटा संस्थानले नाफा कमाएका छन् । सेयर बजार स्थिरता जाने विश्वास पनि उनले व्यक्त गरे । (रासस)

प्रकाशित समय १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु