गृहपृष्ठ बजेट पास भएपछि मन्त्रीमण्डल पुनर्गठन हुन सक्छ : दाहाल

बजेट पास भएपछि मन्त्रीमण्डल पुनर्गठन हुन सक्छ : दाहाल

prachanda-newskarobar फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्री परिवर्तन गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको बताएका छन् ।

कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा दाहालले बजेट पारित भएपछि केही मन्त्री हेरफेर हुन सक्ने बताएका हुन् । उनले भने ‘प्रधानमन्त्री र मेरोबिचमा बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट कुरा भएको छ ।’ निर्णय भने भइनसकेको उनको भनाइ थियो । दाहालले भने, ‘कुनै निर्णय भएको छैन, प्रधानमन्त्रीले चाहेका बेला जतिबेला पनि पुनर्गठन हुन सक्छ ।’

दाहालले पार्टी समायोजनका बाँकी काम सक्न आफू र अर्का अध्यक्ष ओलीबीच छलफल भइरहेको बताए । उनले भने, ‘एकताका बाँकी कामलाई पूर्णता दिन शनिबार सचिवालय बैठक राखिएको छ ।’ आफूले बोलेका कतिपय विषय प्रचार भएजस्तो सत्य नभएको दाहालले बताए । पार्टी र सरकार सञ्चालनका विषयमा बोलेको विषय पहिले नै सार्वजनिक भइसकेको उनको भनाइ थियो ।

अध्यक्ष दाहालले केही विधेयकको मस्यौदाका क्रममा सरोकारवाला पक्षसँग परामर्श नहुँदा जनसअुन्तुष्टि देखिएको र यस्तो अवस्था बताए ।

दाहालले नेत्रविक्रम चन्दलाई वार्तामा आउनसमेत आग्रह गरेका छन् । उल्टो बाटो हिडेर कहिँ पनि नपुगिने उनको भनाइ छ ।

प्रकाशित समय ११:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु