गृहपृष्ठ नेकपा सचिवालय बैठक आज, लाग्ला त जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो ?

नेकपा सचिवालय बैठक आज, लाग्ला त जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको अन्तिम टुंगो लगाउन सक्नेछ ।

प्रधानमन्त्री ओली युरोप भ्रमणमा जानुअघि दोहोरो जिम्मेवारी दिने–नदिने विषयमा मतभेद चर्किएको थियो । यसअघिका पटक–पटकका बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन सकेको थिएन । बैठकमा विभाग गठन र केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका विषयमा पनि छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

नेकपा एकताको वर्षदिन पूरा भइसक्दा पनि पार्टी समायोजनका काम भने अझै बाँकी छन् ।

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु