गृहपृष्ठ काठमाडौं राजस्थानी भोजन मेवार र मारवार फुड फेस्टिभल

काठमाडौं राजस्थानी भोजन मेवार र मारवार फुड फेस्टिभल

marriott hotel newskarobar

काठमाडौं मेरिएट होटल नक्सालले आफ्नै रेस्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपी इनफ्युज गरेर राजपरिवारका लागि बनाइने प्राचीन किचनको राजस्थानी भोजन समाविष्ट फुड फेस्टिभल आयोजना गरेको छ । मेवार र मारवार व्यञ्जनबाट पे्ररित भएर राजस्थानको क्विलिनेरी उस्तादले बनाएका भोजनको सर्वसाधारणलाई स्वाद दिलाउने गरी फुड फेस्टिभल आयोजना गरिएको हो ।

मेलामा मेवार र मारवारको दाल बाटी, लाल मास, गट्टा करी, मिठाइमा गिवार तथा लाइभ हट सिज्लिङ कवावलगायतका परिकार छन् । बफे साँझ साढे ६ बजेदेखि राति साढे १० बजेसम्म खुला रहने जनाइएको छ । यसको मूल्य नेपाली २४ सय रुपैयाँ छ तर ३ हजार तिरेर अनलिमिटेड काल्सबर्गको आनन्द लिन सकिने आयोजकले जनाएको छ । काठमाडौं मेरिएट होटलमा मेवार र मारवार फुड फेस्टिभल २८ जुलाईसम्म जारी रहनेछ ।

प्रकाशित समय ०६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु