गृहपृष्ठ सिभिल बैंकको एन्यूटी बचत योजना सुरु
सिभिल बैंकको एन्यूटी बचत योजना सुरु
सिभिल बैंकले एन्यूटी बचत योजना सुरु गरेको छ ।
बैंकले बचत खाता र मुद्दती खातालाई समायोजन गरी एन्यूटी बचत तथा निक्षेप योजना सुरु गरेको हो । योजनाले ग्राहकलाई भविष्यमा चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी बैंकलाई मासिक किस्ता बुझाएपछि इच्छाइएको रकम त्यो अवधिपछि एक मुष्ठ बैंकबाट प्राप्त गर्न सकिने सिभिल बैंक प्रदेश १ का प्रबन्धक सन्तोष बुढाथोकीले जानकारी दिए ।
न्यूनतम एक हजारबाट खाता सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । संस्थागत बचतकर्ताले पनि खाता खोल्न सक्ने बैंकले जनाएको छ । यो योजना एक वर्षदेखि सात वर्षसम्मको अवधिका लागि हुनेछ ।
प्रकाशित समय १०:२९ बजे

















