गृहपृष्ठ सिटिजन्स बैंकको भिसा थ्रिडी सेक्योस प्रविधि सञ्चालनमा
सिटिजन्स बैंकको भिसा थ्रिडी सेक्योस प्रविधि सञ्चालनमा
काठमाडौं– सिटिजन्स बैंकले ‘भिसा थ्रिडी सेक्योर’ प्रविधि सञ्चालनमा ल्याएको छ । उक्त प्रविधिमार्फत ग्राहकले इन्टरनेटमा कार्डबाट वस्तु तथा सेवा खरिद गर्न पाउने भएका छन् । भिसा कार्ड इन्टरनेसनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहने बैंकले जनाएको छ । यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्नेछन्, जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने बैंकको दाबी छ ।
बैंकमा डलर खाता भएका ग्राहकले विश्वका कुनै पनि स्थानमा र नेपाली रुपैयाँ खाता भएका ग्राहकले नेपाल र भारतमा डेबिट एवं क्रेडिट कार्डमार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् ।
यस प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालझेली एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनीय हुने बैंकले जनाएको छ ।
प्रकाशित समय १८:२६ बजे

















