गृहपृष्ठ युवा स्वरोजगार कोषको करौडौ रकम अलपत्र

युवा स्वरोजगार कोषको करौडौ रकम अलपत्र

Krishi bikash Bank-newskarobar

दार्चुला- युवा स्वरोजगार कोषको करौडौ रकम अलपत्र अवस्थामा रहेको छ । जिल्ला कृषि विकास बैंकले ऋण असुलीको लागि पटक पटक पत्रचार गरेपनि रकम अशुल हुन नसकि अलपत्र परेको होे ।
कृषि विकास वैंक लिमिटेड शाखा कार्यालय दार्चुलाले २०७० सालमा १ सय ८२ जनालाई ९१ लाख १० हजार रुपैया लगानी गरेको थियो । तर ऋण लगानीको ५ वर्षसम्म ऋणिबाट साँवा ब्याज असुल हुन सकेको छैन ।
२०७४ चैत्र मसान्तसम्म ३४ लाख ८३ हजार ३ सय ६८ सावाँ र ५९ लाख ८० हजार ९४ रुपैया ब्याज गरी कुल ९४ लाख ६३ हजार ४ सय ६२ रुपैया असुल भएको कृषि विकास बैंकले जनाएको छ ।
ऋणको सावाँ व्याज असुलीको लागि पटक पटक लिखित तथा मौखिक ताकेता गर्दासमेत कर्जा असुल हुन सकेको छैन । लगानी गरेको रकम सुल नहुदा वैंक समेत समस्यामा छ ।
लगानीमा रहेको कुल रकमको अझै ४१ लाख ३५ हजार ९ सय ३५ रुपैयाँ मात्रै असुल गर्न सकिएको कृषि विकास वैंक लिमिटेड शाखा कार्यालयका प्रबन्धक सरोज कुमार महर्जनले बताए । ऋण लगानी गरेका १ सय ८२ जना मध्ये ४० जनाले मात्रै ऋण चुक्ता गरेका छन् । अझै युवा स्वरोजगार कार्यक्रम अन्तरगतको ५६ लाख २६ हजार ६ सय ३२ रुपैँया असुल गर्न बाकी छ ।
रकम चुक्ता गर्न भाका नाघेकाहरुको तीन पुस्ते विवरणसहित नामावली संकलन भएपनि कार्बाही हुन सकेको छैन् । गतवर्ष केहि ऋणीहरुको धितो रोक्का गरिएपछि थोरै ऋणीहरुले रिण चुक्ता गरे, प्रबन्धक महर्जनले भने । ऋणीहरुले समयमा व्याज तथा ऋण नवुझाउँदा वैंकले लगानी गरेको रकम जोखिम परेको भन्दै स्वरोजगार समितिले पटक पटक बैठक समेत बस्ने गरेको छ ।
सरकारी योजना अनुसार कृर्षि विकास बैकंले २०६९ सालदेखी २०७० असारसम्ममा खुद्रा व्यापार कुखुरा गाइभैसी पालन लगायतका आयमुलक कार्यक्रम सञ्चालनका लागि उनीहरुलाइ बार्षिक १२ प्रतिशत व्याज दरमा विना धितो रकम प्रदान गरिएको थियो ।
सीप र जागर भएका तर पैसा नभएर रोजगारी गर्न नसकेको युवालाई रोजगारको अवसर सिर्जना गर्ने उद्धेश्यले रकम दिएपनि हाल आएर रकम तिर्ने मनसायमा व्यवसायी छैनन् ।

प्रकाशित समय ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु