गृहपृष्ठ सिटिजन्स बैंकको नाफा घट्यो, गत वर्षभन्दा ८ करोड कम

सिटिजन्स बैंकको नाफा घट्यो, गत वर्षभन्दा ८ करोड कम

citizens bank newskarobar

सिटिजन्स बैंक इन्टरनेसनलले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा पहिला विवरण सार्वजनिक गरेको बैंकले साउनदेखि असोजसम्ममा ३४ करोड ९१ लाख रुपैयाँ कमाएको हो ।

बैंकको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ८ करोड कम हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ४२ करोड ८८ लाख रुपैयाँ नाफा गरेको थियो ।

असोज मसान्तसम्म बैंकको कुल निक्षेप संकलन ७२ अर्ब ४३ करोड छ भने कर्जा प्रवाह ६७ अर्ब ५५ करोड छ । बैंकले यो अवधिमा निष्क्रिय कर्जा अनुपातमा भने राम्रो सुधार गरेको छ । बैंकले गत वर्ष १.२३ प्रतिशत रहेको निष्क्रिय कर्जालाई यो अवधिसम्ममा ०.९८ प्रतिशतमा झारेको छ ।

बैंकको बेसरेट १०.७५ प्रतिशत र सीसीडी रेसियो ७८.४१ प्रतिशत छ । बैंकले ब्याजको स्प्रेडदर ४.१६ प्रतिशत कायम गरेको छ ।

प्रकाशित समय १२:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु